चुनावको प्रचार सकेर ४५ घण्टे ध्यानमा मोदी

काठमाडौँ–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ४५ घण्टे ध्यान शुरु गरेका छन् । उनी कन्याकुमारीको विवेकानन्द रक मेमोरियल ध्यान मन्डपममा ४५ घण्टे ध्यानमा बसेका हुन् ।

लोकसभा चुनावको सातौं र अन्तिम चरणको मतदान जुन १ मा हुँदैछ । यस चरणको मतदानको प्रचार अवधि सकिएपछि ध्यानमा बसेका छन् ।

उनले त्यहाँ सबैभन्दा पहिले भगवती देवी अम्मन मन्दिरमा पूजा गरेका थिए । आज उनको ध्यानको दोस्रो दिन हो ।

उनी शनिबारसम्म ध्यानमा रहने छन् । मोदीले त्यही ठाउँमा ध्यान गरिरहेका छन् जहाँ सन् १८९२ मा स्वामी विवेकानन्दले ध्यान गरेका थिए ।

यसअघि सन् २०१९ को अन्तिम चरणको मतदानअघि पनि मोदी ध्यानमा बसेका थिए । त्यतिबेला उनी केदारनाथको रुद्र गुफामा १७ घण्टे ध्यानमा बसेका थिए भने २०१४ मा पनि उनी शिवाजी महाराजसँग सम्बन्धित प्रतापगढ गएका थिए ।

चुनावको मंगलबार मतगणना हुनेछ ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780