भारतीय निर्वाचनमा कुन पार्टी कुन स्थानमा ?

राजविराज–भारतमा मंगलबार बिहानदेखि लोकसभाको ५४३ सदस्यका लागि भएको निर्वाचनको मतगणना जारी छ । अहिलेसम्मको परिणामअनुसार भारतीय जनता पार्टी (बिजेपी) नेतृत्वको राष्ट्रिय जनतान्त्रिक (एनडिए) गठबन्धनका उम्मेदवार सबैभन्दा बढी स्थानमा अग्रता बनाइरहेका छन् ।

बिजेपीका २८८ उम्मेदवारले अग्रता कायम गरेका छन् भने एउटा क्षेत्र जितिसकेको छ । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेस इन्डियन नेशनल डेभलपमेन्ट इन्क्लुसिभ अलायन्स (आईएनडिआईए)का २३६ सिटमा अघि छ । १९ सिटमा अन्य दल अघि रहेका छन् ।

भारतीय समाचार संस्था एनडिटिभीका अनुसार यसपालि भारतीय जनता पार्टी एक्लैको बहुमत नपुग्ने देखिएको छ ।

सन् २०१९ को चुनावमा बिजेपी एक्लैले ३०३ क्षेत्र जितेको थियो । यसपालि ६३ सिट गुमाउने आकलन छ । यहाँ सरकारको नेतृत्व गर्न बहुमतका लागि २७२ सिट जित्नुपर्छ ।

कंग्रेसले अघिल्लो चुनावभन्दा झण्डै दोब्बर सिटले अघि छ । कंग्रेसले सन् २०१९ को चुनावमा एक्लै ५२ सिट जितेकोमा यसपालि ९४ सिटमा अग्रता लिइरहेको छ ।

भारतमा अप्रिल १९ देखि जुन १ सम्म विभिन्न चरणमा निर्वाचन भएको थियो । निर्वाचनमा करोडौँ भारतीय जनताले मतदान गरेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस