कोशी सरकारविरुद्धको मुद्दाको सुनुवाइ स्थगित

विराटनगर–निवर्तमान मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेश सरकारविरुद्ध दायर गरेको मुद्दाको सुनुवाइ आइतबार स्थगित भएको छ ।

तीन न्यायाधीशमध्ये सुनिलकुमार पोखरेलले यो भन्दा अगाडि कोशीकै विवादमा फैसला गरिसकेकाले उनले हेर्न अस्वीकार गरेकाले कोशी प्रदेश सरकारविरुद्धको रिट आइतबार हेर्न नमिल्नेमा परेको जनाइएको छ ।

इजलासमा मुख्यमन्त्री हिक्मत कुमार कार्की पक्षका वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पोखरेलले मुद्दा हेर्न मिल्ने कि नमिल्ने भनेर प्रश्न उठाएपछि पोखरेलले न्यायाधीशहरुसँगको छलफलपछि अलग हुने निर्णय लिनु भएको हो ।

पोखरेलसहित न्यायाधीशहरू प्रकाशकुमार ढुङ्गाना र अब्दुल अजिज मुसलमानको पूर्ण इजलासमा पेशी तोकिएको थियो । यसअघि सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले गएको बुधवार पूर्ण इजलासमा पठाउने आदेश गरेको थियो ।

एउटा मुख्यमन्त्रीलाई पदमुक्त नगरी संविधान विपरीत अर्को मुख्यमन्त्रीको नियुक्ति गरिएको भन्दै केदार कार्कीले दायर गरेको रिटमा अन्तरिम आदेश माग गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस