सप्तरी प्रिमियर लिग : फाइनलमा छिन्नमस्ता लायन्स र तिरहुत टाइगर्स भिड्दै

राजविराज–छिन्नमस्ता लायन्स सप्तरीमा जारी राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको छैठौं संस्करण अन्तर्गतको फाइनल खेलमा पुगेको छ ।

आइतबार सम्पन्न दोश्रो क्वालीफायरमा कञ्चनरुप राइनोजलाई पराजित गर्दै छिन्नमस्ताले तिरहुत टाइगर्ससँग फाइनलमा प्रतिस्पर्धा गर्ने भएको हो । उपाधिको लागि सोमबार फाइनल खेल हुनेछ।

पब्लिक विन्देश्वरी क्रिकेट मैदानमा कञ्चनरुप राइनोजले दिएको ११८ रनको लक्ष्य छिन्नमस्ताले ४ बल बाँकी रहदा ६ विकेटको क्षति प्राप्त गर्यो ।

छिन्नमस्ताको लागि राष्ट्रिय क्रिकेटर समेत रहेका भिम शार्कीले अर्धशतकीय योगदान दिए। उनले ३७ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै जितमा अहम योगदान दिए।

कञ्चनरुपको बलिंगमा दिनेश अधिकारीले ३ विकेट लिएता पनि जितको लागि पर्याप्त भएन। यस अघि टस जितेर ब्याटिंग गरेको कञ्चनरुप राइनोजले १८.२ ओभरमा ११७ रनमा सबै विकेट गुमायो।

सप्तरी क्रिकेट संघद्वारा आयोजित प्रतियोगिताको विजेताले तिन लाख रुपैयाँ हात पार्नेछन् भने उपविजेता टिमले एक लाख पचास हजार प्राप्त गर्नेछ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780