सप्तकोशीमा कत्तै कामै नगरी त कत्तै दोहोरो भुक्तानी

राजविराज–सप्तरीको सप्तकोशी नगरपालिकामा निर्माण कम्पनीसँग बेरुजु असुलउपर गरिएको १५ लाखभन्दा बढी रुपैयाँ पुनः दोहोरो भुक्तानी दिएको पाइएको छ ।

नगरपालिकाका निर्माण गरिरहेका ‘न्यु ड्रागन निर्माण सेवा’लाई छैठौ रनिङ बिल भुक्तानी गर्दा १५ लाख ५ हजार ५६४ रुपैयाँ बढी भुक्तानी दिइएको थियो ।

उक्त बढी भुक्तानी गत वर्षको प्रारम्भिक लेखापरीक्षण प्रतिवेदनमा उल्लेख भए बमोजिम बढी मूल्य समायोजन वापतको उक्त असुलउपर गर्नुपर्ने बेरुजु रकम मूल्याकंनबाटै घटाइएर सो बेरुजु प्रक्रियाबाट हटाइएको थियो । तर, दशौ बिलमा पुनः उक्त रकम भुक्तानी गरिएको गत वर्ष अन्तिम महालेखापरीक्षकको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ ।

उक्त रकम दोहोरो भुक्तानी देखिएकोले सम्बन्धित निमार्ण व्यवसायीबाट असुल गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यस्तै, नगरपालिकामा यूरो गार्ड, वाटर हिटर, वाटर ट्यांक, इलेक्ट्रिक मोटर र सिलिङ फ्यानको काम नगरी भुक्तानी दिएको छ ।

तीन वटा यूरो गार्डको १४ हजारका दरले ४२, २ वटा वाटर हिटरको २३ हजारका दरले ४६ हजार, ३ वटा वाटर ट्यांकको १ लाख ५० हजारका दरले ४ लाख ४५ हजार, एउटा इलेक्ट्रिक मोटरको ४५ हजार र ७७ वटा सिलिङ फ्यानको ४ लाख ७१ हजार ४ सय गरी १० लाख ५४ हजार ४ सय रुपैयाँ भुक्तानी दिएको छ । तर, स्थलगत अनुगमनबाट भुक्तानी गरिएको ती कतिपय समानहरु जडान नभएको प्रतिवेदनमा उल्लेख छ ।

‘ती समानहरु गोदाममा रहेको र जडान हुन बाँकी रहेको भनि नगरपालिकाको जवाफ पाएको’ प्रतिवेदनमा उल्लेख गर्दै, ‘जडान नगरी भुक्तानी गरेको नियम संगत देखिदैन ।’

Author:



क्याटोगरी छान्‍नुहोस