नवराजपुरका तत्कालिन अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

राजविराज–रामजानकी दलित आधारभूत विद्यालय मझौरामा कुनै काम नगरी १४ लाखभन्दा बढी रुपैयाँ निकासा लिएको भन्दै सिरहाको नवराजपुर गाउँपालिकाका तत्कालिन अध्यक्षसहित १४ जनाविरुद्ध भ्रष्टचार मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । गाउँपालिका अध्यक्ष विश्व मोहनप्रसाद यादव, तत्कालिन तत्कालीन उपाध्यक्ष शोभाकुमारी यादव, प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैतसहितले सो विद्यालयको अधुरो कार्य पूरा गर्नका लागि निकासा लिइएको १४ लाख ५१ हजार ५५१ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले ठहर गरेको छ ।

त्यस्तै योजना शाखाका प्रमुख रमेशकुमार निधि, लेखापाल सोमप्रसाद आचार्य, इन्जिनियर कृष्णा साह, सव–इन्जिनियर सन्तोषकुमार यादव, जिन्सी प्रमुख सञ्जय प्रसाद यादव, उपभोक्त समितिका अध्यक्ष लक्ष्मीनारायण मुखिया, कोषाध्यक्ष घुरनी देवी मण्डल, सचिव रामभरोस मुखिया मलाह विरुद्ध मुद्दा दर्ता भएको हो ।

त्यस्तै, नवराजपुर गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष मदन यादव, वडा नं ५ का तत्कालीन वडाध्यक्ष मनोज कुमार यादव, वडा नं. २ का तत्कालीन वडाध्यक्ष खुसिलाल साहविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ ।

दायर गरिएको मुद्दामा सबै जनासँग १४ लाख ५१ हजार ५५१ रुपैयाँ बिगो दाबी गरिएको अख्तियारले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस