जसपा नेपाल एकताको प्रथम राष्ट्रिय महाधिवेशन सुरु

जनकपुरधाम–जनता समाजवादी पार्टी (जसपा) नेपालको एकताको प्रथम राष्ट्रिय महाधिवेशन जनकपुरधाममा सोमबारबाट सुरु भएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवले पानसमा बत्ती बालेर तीन दिमसम्म चल्ने महाधिवेशन उद्घाटन गरेका छन् ।

एकताको महाधिवेशन नाम दिएको उद्घाटन समारोहमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष स्वर्णिम वाग्ले, राप्रपाका बुद्धिमान तामाङ, कम्यूनिष्ट पार्टी नेपालका नेत्रविक्रम चन्दलगायतका नेताहरुको उपस्थिति छ ।

महाधिवेशनमा शुभकामना राख्दै मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सरोजकुमार यादवले संघीयतालाई समाप्त पार्ने खेल भइरहेको उल्लेख गर्दै सबै दल गम्भीर हुनुपर्ने बताए । मधेस आन्दोलनको बल र जगमा देशमा संघीयता र समावेशीकरण आएको बताउँदै उनले संघीयता रक्षाका लागि सबै एकजुट हुनुपर्ने आवश्यकता औल्याए ।

अधिवेशनमा १० हजारभन्दा बढी नेता–कार्यकर्ता सहभागी रहेको बताइएको छ । अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि ३० गते निर्वाचन सत्र सुरु हुनेछ । उक्त निर्वाचनबाट २०१ सदस्य केन्द्रीय नयाँ केन्द्रीय समिति चयन हुनेछन् ।

हाल विधानअनुसार १५१ सदस्य केन्द्रीय समिति गर्ने प्रावधान छ । तर, विधान संशोधनको प्रस्ताव दर्ता भएकाले पारित भएर केन्द्रीय समिति २०१ सदस्यको बनाइने छ । सोहीअनुसार अध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष लगायत २०१ सदस्य चयन गर्ने तयारी छ । केन्द्रीय अध्यक्षमा भने उपेन्द्र यादव पुनः दोहोरिने सम्भावना छ । अन्य पदमा भने प्रतिष्पर्धा हुने प्रवक्ता पार्टीका प्रवक्ता मनिष सुमनले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस