जसपामा केन्द्रीय कार्यसमिति चयन गर्नका लागि निर्वाचन

जनकपुरधाम–जनता समाजवादी पार्टी नेपालको एकताको महाधिवेशनबाट केन्द्रीय कार्यसमिति चयन गर्नका लागि निर्वाचन प्रक्रिया अगाडि बढेको छ ।

मधेश प्रदेशको जनकपुरधाममा जारी महाधिवेशनबाट २०१ सदस्यीय केन्द्रीय समितिका लागि आज बिहान ८.३० बजेदेखि उम्मेदवारी दर्ता कार्य भएको निर्वाचन समितिले जनाएको छ । समितिमा पदाधिकारी २०, सदस्य १८१ गरी २०१ सदस्यीय केन्द्रीय समिति रहने छन् ।

पदाधिकारीमा अध्यक्ष १, सहअध्यक्ष १, उपाध्यक्ष ५, महासचिव २, उपमहासचिव ३, सचिव ७ र कोषाध्यक्ष १ जना रहने प्रावधान अनुसार उक्त पदहरुमा उम्मेदवारी दिने कार्य अगाडि बढेको छ ।

पार्टीको विधान अनुसार महिला, आदिवासी/जनजाति, मधेशी, खस आर्य, थारु, दलित, मुस्लिम, अपाङ्गता र अल्पसङ्ख्या, प्रवास समूह समेतको सङ्ख्या सुनिश्चित गरिएको छ । नेतृत्व चयनमा अध्यक्षमा उपेन्द्र यादव नै रहने सुनिश्चित भएको छ भने अन्य पदहरुमा कडा प्रतिष्पर्धा हुने भएको छ ।

निर्वाचन कार्यकतालिका अनुसार उम्मेदवारहरुको नामावली प्रकाशन १० बजे, दाबी बिरोध १०.०० देखि ११.०० सम्म, मनोनयन फिर्ताका ११.३० देखि २.३० बजेको समय सिमा रहेको थियो । उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने ३.०० बजे तथा मतदान कार्य अपरान्ह ४ देखि ८ बजेसम्मको समय सिमा तोकिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस