खडकमा मनलाग्दी १८ वटा मोबाइल खरिद, मेयरलाई ‘आइफोन’ !

राजविराज–सप्तरीको खडक नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले नियम मिचेर लाखौंको मोबाइल खरिद गरेको पाइएको छ ।

प्रदेश सरकारले स्थानीय तहका पदाधिकारी र कर्मचारीहरुले पाउने सेवा सुविधा सम्बन्धित कानुनमा मोबाइल उपलब्ध गराउने व्यवस्था छैन् भने नगर कार्यपालिकाले पनि त्यस्तो सुविधा सम्बन्धि मापदण्ड र निर्णय गरेको छैन् । तर, जनप्रतिनिधि र कर्मचारीहरुले मनलाग्दी १८ वटा मोवाइल खरिद गरेका हुन् ।

तीमध्ये ७ वटा ०७९/०८० अघि नै खरिद गरेका छन् भने ०७९/०८० मा मात्रै एउटा ‘आइफोन’सहित ११ वटा खरिद गरेका हुन् । मेयर जयप्रकाश चौधरीले एउटा ‘आइफोन’ र अर्को भिभो गरी दुई वटा मोवाइल लिएका छन् ।

त्यस्तै उपमेयर रीताकुमार चौधरीले पनि दुई वटा मोवाइल लिएकी छन् । प्रमुख प्रशासकीय अधिकृत बसन्त कुमार दास, अधिकृत छैठौं रमाकान्त चौधरी, सिअहेवद्वय अधिकृत जीवनारायण चौधरी र जाकिर हुसेन, जनस्वास्थ्य निरीक्षक वीरेन्द्रकुमार दास, सब इन्जिनियरद्वय विक्रान्त चौधरी र राधेकृष्ण साह, वडा नम्वर २ का अध्यक्ष हरेराम मण्डल, सह लेखापालद्वय ध्रुव प्रकाश विश्वकर्मा र रामकुमार श्रेष्ठ, सवारी चालक हसमत मियाँ, कार्यालय सहयोगी श्यामकुमार चौधरीले एक/एक वटा तथा अन्य दुई वटा मोवाइल नगरपालिकामा रहेको महालेखापरीक्षकको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस