जनकपुरमा ९ हजार बिघा जग्गा अतिक्रमण भएको छ, ‘बिग अपरेशन’ सुरु गरेका छौँ : गृहमन्त्री

काठमाडौँ–बृहत्तर जनकपुर क्षेत्रको ९ हजार बिघा जग्गा अतिक्रमण भएको पाइएको भन्दै गृहमन्त्रालयले छानबिन थालेको छ ।

मन्त्रालयका १०० दिनको उपलब्धी सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले उक्त जानकारी दिएका हुन् ।

जनकपुरमा जग्गा अतिक्रमणबारे गृह मन्त्रालयले ‘बिग अपरेशन’ सुरु गरेको जानकारी दिए । अनुसन्धानमा भएका विषयहरूको गहनताका कारण सार्वजनिक गर्न नसकिने लामिछानेको भनाइ छ ।

उनले भने, ‘दिनरात एक गरेर काम गरिरहेका छौँ । कुनै पनि केसमा कम्प्रमाइज हुँदैन । ती केसका आफ्नै जटिलताहरू छन् । त्यसैले केही समय अवश्य लाग्छ । तर, सुशासन कायम गर्ने कुरामा सम्झौता हुँदैन ।’

Author:



क्याटोगरी छान्‍नुहोस