राजविराज–सप्तरीको डाक्नेश्वरी नगरपालिकामा पोखरीको डिलमा बसोबास गर्दै आएका दलित समूदायको घर भत्काउन खोज्दा प्रतिकार गरेपछि विवाद भइ कुटपिट भएको छ ।
शनिवार दिउँसो सडक बनाउने भन्दै वडा नम्वर ६ औरहीका पृतम पासवानको घर भत्काउन खोजेका थिए । घरविहीन हुने भएपछि दलित परिवारले प्रतिकार गरेपछि कुटपिट भएको हो ।