‘दलित समुदायका पत्रकारहरुले विभेदको सामना गर्नु परिरहेको छ’

जनकपुरधाम–राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रिय उपाध्यक्ष भोला पासवानले पत्रकारिता क्षेत्रमापनि समाजिक प्रभाव कायम रहेकोले दलित समुदायका पत्रकारहरुले विभेदको सामना गर्नु परिरहेको बताएका छन् ।

मंगलबार राष्ट्रिय दलितपत्रकार संघ नेपाल धनुषाको दोस्रो जिल्ला अधिवेशनमा प्रमुख अथितिको आसनबाट बोल्दै उपाध्यक्ष पासवानले यस्तो बताएका हुन् । पत्रकार महासंघले सदस्यता वितरण गर्दा दलित र महिलालाई प्राथमिकता दिएको भए पनि नयाँ सदस्यता वितरण र नवीकरणमा जिल्ला, प्रदेश र केन्द्रले विभेद गरिरहेको बताउँदै उपाध्यक्ष पासवानले दलित समुदायका पत्रकारहरुले सशक्त रुपमा प्रतिरोध गर्नुपर्ने बताए ।

राष्ट्रिय दलितपत्रकार संघ नेपालले देशभरी महासंघका सदस्यता नवीकरण र शुद्धिकरणका नाममा दलित समुदायका पत्रकारमाथि गरिएको विभेदबारे अध्ययन गरेर सुझाव दिएको बताए । पत्रकारिता क्षेत्रमा समेत दलित समुदायका पत्रकारहरुले अवसर पाउन सवालमा विभेदको सामना गर्नु परिरहेको छ ।

आम सञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले दलित समुदायका पत्रकारहरुलाई छात्रवृत्ति, पत्रकारिता लगायतका अवसरमा प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । दलित समुदायका पत्रकारहरुले मिसन पत्रकारिता गर्नुपर्ने बताउँदै यादवले भने, ‘पत्रकारिता पेशामा दलित समुदायललाई टिक्न मुश्किल छ ।’

तथ्यमा आधारित पत्रकारिता गर्न सुझाव दिँदै प्राधिकरण अध्यक्ष यादवले दलित समुदायका पत्रकारहरु संगठित भएर पेशागत हकहितका लागि लड्न आग्रह गरेका थिए । मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष कैलाश दासले पत्रकारिता क्षेत्रमा पनि विभेद कायम रहेको बताउँदै पत्रकार महासंघले दलित समुदायका नयाँलाई सदस्यता दिने त कता हो कता भएका सक्रिय रहेका दलित समुदायका पत्रकारहरु समेतलाई शुद्धिकरणका नाममा हटाउने प्रपञ्च गरिरहेको बताए ।

राष्ट्रिय दलित पत्रकार संघ नेपालको मधेश प्रदेश अध्यक्ष समेत रहेका दासले संघलाई सक्रिय रुपमा परिचालन गर्दै दलित अधिकार कार्यान्वयमा सहयोग पुग्ने ढंगले काम गर्नुपर्ने बताए ।

कार्यक्रममा इन्सेक मधेश प्रदेशका संयोजक राजु पासवानले मधेश प्रदेशमा दलितमाथि दैनिक जातीय विभेद र हिंसाका घटना घटिरहेको जानकारी गराएका थिए । ‘दलित समुदायको १७ प्रतिशत जनंसख्या रहेको मधेश प्रदेशमा मानवअधिकार उल्घनका घटनामा भने दलित समुदायका २१ देखी २९ प्रतिशतसम्म पीडित बन्नु परेको छ ।’

सप्तरीको पातोमा दलित समुदायलाई ऐलानी जग्गाबाट हटाउने नाममा आधादर्जनभन्दा बढीलाई निर्घात कुटपिट गरेको बताउँदै पासवानले दलित समुदायका पत्रकारहरुलाई एकताबद्ध भएर विषय केन्द्रित पत्रकारिता गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा दलित अगुवा सुनिता मेस्तरले दलितमाथि घटना हुँदा प्रमाण नष्ट भएपछि पत्रकार तथा अधिकारकर्मी पुग्ने गरेको बताए । अशोक धन्कारद्वारा संचालित कार्यक्रममा पत्रकार राजेश सक्सेनाले सहभागीहरुलाई स्वागत गरेका थिए ।

राष्ट्रिय दलित पत्रकार संघ नेपाल धनुषाको अध्यक्षमा पुन : दास

राष्ट्रिय दलित पत्रकार संघ नेपाल धनुषाको दोस्रो जिल्ला अधिवेशनले कुलदीप दासलाई पुनः अध्यक्षमा चयन गरेको छ । ९ सदस्य जिल्ला समितिको उपाध्यक्षमा मनोज पासवान,सचिवमा अशोक धन्कार र कोषाध्यक्षमा अनामिका मण्डललाई चयन गरेको छ ।

समितिका सदस्यहरुमा जितेन्द्र राम, ममता बैठा, निकी दास, नन्दनी कुमारी दास र सरोज राउत चयन भएका छन् । त्यसैगरी प्रदेश पार्षदमा राजेश सक्सेना, विरेन्द्र पासवान, र केन्द्रिय प्रतिनिधिमा कैलाश दास, रामएकवाल महरा चयन भएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार