पाँच वर्षदेखि फलामे साङलामा बाँधिएका प्रविनको उद्धार

राजविराज–सप्तरीमा पाँच वर्षदेखि साङला (सिक्री) मा बाँधिएका मनोरोगी एक युवकको उद्धार गरिएको छ । मंगलबार मानव सेवाआश्रम जनकपुरधामले इन्सेक सप्तरी प्रतिनिधिको पहलमा शम्भुनाथ नगरपालिका–७, भगवतपुरका २५ वर्षीय प्रविनकुमार चौधरीलाई उद्धार गरेको हो ।

प्रविनलाई उपचार र स्याहारका लागि उद्धार गरी जनकपुरधामस्थित मानव सेवाआश्रम लगिएको इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेलले जानकारी दिए । उनका अनुसार मानव सेवाआश्रमका सचिव सुमन बड्तौला, मधेस प्रदेश संयोजकविवेकमहतो, सन्तोष थापा मगरको टोलीले चौधरीलाई उद्धार गरी लगेका हुन् ।

मानसिक रोगका बिरामी चौधरीलाई उपचारको लागि अस्पताल लगिएको भएपनि मोटो रकमको जोहो गर्न नसक्दापुनः अस्पताल लानन सकिएको प्रविनकी आमा इश्वरीदेबीले बताइन । इश्वरीले मनोरोगी छोरो गाउँ घरमा गइ उपद्रो मच्चाउने र छोरालाई समेत चोटपटक लाग्ने भएकोले बाध्य भएर ५ वर्षदेखि सिक्रीमा बाँधेर राख्नु परेको दुखेसो गरिन ।

प्रविन १७ वर्षको हुँदा मानसिक रोगले गाँजेको र जेठो छोरा रबिन पनि वेपत्ता भएको उनको कथन छ । कान्छो छोरा सन्तोष भने बालकै उमेरदेखि काठमाडांैमाज्यालामजदुरी गर्दै आएका छन् । माहिलो छोरा मनोरोगी र जेठो छोरा वेपत्ता भएदेखि शोकमा डुबेका बुबा परशुराम चौधरीको २०७७ साल चैत २६ गते निधन भएपछि इश्वरीलाई आपतमाथि विपत आइलागेको सुनिल चौधरीले बताए । छोराहरुको शोक मै परशुरामको निधन भएपछि एकल भएकी इश्वरीलाई घर व्यवहार चलाउन समस्या परेको थियो ।

बाँधेकै स्थानमा शौच गर्ने प्रविनलाई आमाले नै नुहाउने, लुगा फेराउने, खाना खुवाउने गर्नुहुन्छ । छोराकै लागि बाँच्नु परेको बताउँदै इश्वरी छोराकै स्याहार गर्नुपर्दा बनीबुतो गर्न सम्ममुश्किल परेको बताइन् । माया लागेर एक पटक प्रविनको सिक्री खोल्दा भागेको र एक गाउँलेलाई लाठीले हिर्काएर घाइते बनाएपछी बाध्य भएर २४ सैं घण्टा बाँधेर राख्नु परेको उनको कथन छ ।

प्रविनलाई उपचार खर्चको अभावले घरमा फलामे साङलाले बाँधेर राखिएको थियो । मधेश प्रदेशका पूर्व मन्त्री महेश यादव र इन्सेक प्रतिनिधि पोखरेलले फलामे सिक्री खोल्दै चौधरीलाई मुक्त गरेका थिए ।

उक्त अवसरमा वन तथा वातावरण राज्यमन्त्री रन्जु कुमारी मण्डल खंग, सप्तरीका प्रमुख जिल्लाअधिकारी मेख बहादुर मंग्राती, एसपी गजु सिद्दी ब्रजाचार्य, उप अनुसन्धान निर्देशक सुरेन्द्र कोइराला, वडा अध्यक्ष गोपालप्रसाद चौधरी, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्स्पेक्टर मेदिनीप्रसाद साह, रासस प्रतिनिधि नानीमैया कटवाल, प्रदेश मानव अधिकार समूहकी अध्यक्ष देबीमाया भट्टराई, मानव अधिकार समूह शम्भुनाथका कोषाध्यक्ष शिवशंकर राम, इन्सेक सहजकर्ता अजय परियार लगायतको उपस्थिति रहेको थियो ।

२०६९ सालमा हेटौँडाबाट शुरु गरेको आश्रमले अहिले देशका १९ जिल्लामा २४ केन्द्र स्थापना गरी सेवागर्दै आएको छ । जसमाहाल १ हजार ७ सय बढी सहयोगापेक्षी व्यक्ति रहेको आश्रमका सचिव बड्तौलाले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार