लहानको शहिद स्मारक स्थानान्तरण, सडक विस्तारको बाटो खुल्यो

सिरहा, १७ वैशाख – मधेश आन्दोलनका पाँच शहिदहरूको स्मृतिमा लहान मुख्यचोकमा निर्माण गरिएको शहिद स्मारक अब स्थानान्तरण गरिएको छ। लहान नगरपालिका–२ स्थित मुख्यचोकबाट करिब २०० मिटर दक्षिणतर्फ, तरकारी बजार कम्प्लेक्स अगाडि उक्त स्मारक सारिएको हो।

लहान नगरपालिकाका नगरप्रमुख महेशप्रसाद चौधरीका अनुसार राष्ट्रिय गौरवको आयोजना अन्तर्गत कञ्चनपुर–कमला चार लेन सडक विस्तारलाई सहज बनाउन स्मारक सारिएको हो। “सर्वपक्षीय सहमतिमा स्मारक स्थानान्तरण गरिएको हो,” उनले बताए।

स्मारक स्थानान्तरणको विषय विगत केही वर्षदेखि विवादको विषय बनिरहेको थियो। तर हालै लहान नगरपालिकाको पहलमा जिल्ला समन्वय समिति, प्रमुख जिल्ला अधिकारी, जनता समाजवादी पार्टी नेपालसहित सरोकारवालाबीच भएको छलफलमा सहमति जुटेको हो।

स्मारकमा मधेश आन्दोलनका प्रथम शहिद रमेश महतोसहित विजय सहनी, प्रमोद सदा, बेचन यादव र मोहम्मद अनिस अन्सारीका प्रतिमाहरू रहेका छन्। उनीहरूको सम्झनामा मधेश प्रदेश सरकारले प्रत्येक वर्ष माघ ५ गते ‘बलिदानी दिवस’का रूपमा मनाउने गरेको छ।

कञ्चनपुर–कमला सडकको स्तरोन्नति तथा विस्तारका लागि चिनियाँ निर्माण कम्पनी ‘चाइना रेलवे २ इञ्जिनियरिङ्ग ग्रुप’ विगत चार वर्षदेखि काम गरिरहेको छ। लहान बजारको मुख्यचोकमा फ्लाइओभर र अन्डरपास निर्माणका क्रममा शहिद स्मारक बाधक बनिरहेको थियो, जसका कारण निर्माण कार्य प्रभावित भइरहेको थियो।

स्मारक स्थानान्तरणपछि अब सडक निर्माणमा तीव्रता आउने अपेक्षा गरिएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780