रामरिझन यादव
पश्चिमा दर्शन अनुसार विहे पश्चिमा दर्शन अनुसार विहे व्यक्तिगत कुरा हो । नीजि सन्स्था हो ।तर, पूर्विया दर्शनले यसलाई ठाडै अस्वीकार गरेको छ र सामुदायिक सन्स्थाको रूपमा बुझेको छ । सार्वजनीकिकरण गरिएको छ । यो फरकलाई अहिलेको जेनेरेशनले सागुरो पार्दै लगेको छ र भविष्यमा अझ लाने सम्भावना पनि बढ्दै गएको कुरा आज पनि एउटा विहेले पुष्टि गर्यो ।
डा समीक्षा पोखरेलले डा सुभाष केसीसङ्ग मोरङ्ग जिल्ला अदालतमा मिठाई बाडेर विहे गरिन जसलाई काका तथा भूपू मन्त्री गिरिराजमणि पोखरेलको उपस्थितिले सामाजिक रूपमा लालमोहर लगाए । दुईघण्टामा भएको यो विहेले मितव्ययिताको ठूलो उदाहरण पेस गरेको छ । तर, माओवादी नेता पोखरेलको उपस्थितिले यो जनवादी विहे हो भन्ने गाईगुइ अदालत परिसरमा चलेको पनि सुनियो ।
वास्तवमा पारिवारिक रूपमा कम्युनिष्ट भए पनि वेहुला वेहुलीको जनवादसङ्ग कुनै खासै नाता छैन । उनीहरूले नेपाली जनमानसमा विहे तडकभडक र खर्चिलोमात्र होइन, दिखावाको रूपमा पनि दिनप्रतिदिन आफ्नो आकार बढाउदै गएकोले त्यसलाई न्यूनिकरण गर्न चुनौती प्रस्तुत गरेका छन ।
एकातिर अन्तरजातीय र अर्कोतिर आदर्शमय यो विहेले झन मधेशी समुदायमा पढेलेखेकालागि ठूलो चुनौती दिएका छन । किनकि, मधेशमा केटी जतिसुकै एमडी रहोस बाउलाई दाइजो र तडकभडक नभए हाईसन्चो हुदैन । पोखरेल र केसी दुबै विपीकेआइएचबाट एमडी हुन । Source: Facebook