पत्रकार मण्डलमाथि धम्की : पत्रकार संगठनहरूद्वारा दोषीमाथि कारवाहीको माग

राजविराज, ०४ जेठ । सप्तरीमा क्रियाशील पत्रकार कृष्ण कुमार मण्डलमाथि सामाजिक सञ्जालमार्फत दिइएको धम्कीप्रति विभिन्न पत्रकार संगठनहरूले आपत्ति जनाउँदै दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) जिल्ला समिति सप्तरीका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ शाखा सप्तरीका कार्यबाहक सचिव मण्डलमाथि सन्तोष कुमार चमनले अपशब्द प्रयोग गर्दै धम्की दिएका थिए। पत्रकार मण्डलले सप्तरी जिल्ला अदालत परिसरमा लेखापढी फारमको नाममा गैरकानुनी शुल्क असुली भइरहेको विषयमा समाचार लेखेका थिए। उक्त समाचारमा जिल्ला बारका कोषाध्यक्ष निलम यादवले रु ११० को साटो रु ५११० लिएको उल्लेख छ।

समाचार सार्वजनिक भएपछि निलम यादवका दाजु चमनले सामाजिक सञ्जालमा पत्रकार मण्डललाई “पत्रुकार”, “ब्ल्याकमेलर” जस्ता अपमानजनक शब्द प्रयोग गरेका थिए। यस घटनाले पत्रकारमाथि चरित्र हत्या गर्ने प्रयास भएको भन्दै पत्रकार संगठनहरू आक्रोशित बनेका छन्।

प्रेस चौतारी मधेस प्रदेश समितिका महासचिव दिवाकर भण्डारी, प्रेस मञ्च नेपाल सप्तरीका सचिव प्रवेश मिश्र, समाजवादी प्रेस संगठन सप्तरीका अध्यक्ष अनिल पोखरेललगायतले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। प्रेस चौतारी सप्तरीका अध्यक्ष डम्बर राईले पनि चमनमाथि कडा कारबाहीको माग गरेका छन्।

फोनिज मधेस प्रदेश समितिका अध्यक्ष दुष्यन्त चौधरी र महासचिव बृजमान तामाङद्वारा जारी विज्ञप्तिमा चमनको अभिव्यक्ति गम्भीर आपत्तिजनक, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारको चरीत्र हत्या गर्ने मनसायबाट प्रेरित रहेको उल्लेख गरिएको छ।

पत्रकार मण्डलले प्रमाणसहित भिडियो र समाचार प्रकाशित गरेपछि धम्की आउनु गैरकानुनी भएको भन्दै फोनिजले दोषीलाई अविलम्ब पक्राउ गर्न स्थानीय प्रशासनसँग जोडदार माग गरेको छ। विज्ञप्तिमा भनिएको छ, “पत्रकारलाई होच्याउने, हतोत्साहित गर्ने कार्य कुनै पनि हालतमा स्वीकार्य छैन।”

पत्रकार संगठनहरूले यदि दोषीमाथि कारबाही भएन भने प्रहरी प्रशासनविरुद्ध संघर्षमा उत्रन बाध्य हुने चेतावनी दिएका छन्। पत्रकार मण्डलले आफूले सार्वजनिक गरेको समाचार सत्य भएको र न्याय नपाए थप कदम चाल्ने बताएका छन्।

समाचार लेखेकै कारण एक पत्रकारमाथि यस्तो व्यवहार हुनु प्रेस स्वतन्त्रताको अपमान भएको भन्दै सरोकारवाला निकायको चासो नपुग्नु दुर्भाग्यपूर्ण रहेको पत्रकारहरूले बताएका छन्।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780