मोटरसाइकल र टिपर ठोक्किँदा एक पुरुषको मृत्यु, खुलेन पहिचान

राजविराज, १९ बैशाख । सप्तरीको सुरुङ्गा नगरपालिका–५ स्थित कुशहा नजिकै पूर्व–पश्चिम राजमार्गमा विहीबार बिहान भएको सवारी दुर्घटनामा एक पुरुषको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार, बिहान १ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ६७ प ९५७६ नम्बरको मोटरसाइकलले सडक छेउमा रोकी राखिएको प्र २–०१–००१ क ००४५ नम्बरको टिपरलाई पछाडिबाट ठक्कर दिएको हो । दुर्घटनामा मोटरसाइकल चालक अन्दाजी ४० वर्षको पुरुष गम्भीर घाइते भएका थिए । उनलाई तत्कालै उपचारका लागि सिराहास्थित प्रादेशिक अस्पताल लहान लगिएको थियो । तर, उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको नाम, थर र ठेगाना अहिलेसम्म खुल्न नसकेको हुँदा प्रहरीले उनको पहिचानका लागि सर्वसाधारणसँग आग्रह गरेको छ । मृतकको विषयमा कुनै जानकारी भए नजिकको प्रहरी कार्यालय वा ईलाका प्रहरी कार्यालय कडरबोनामा ९८५२८९०५०७  सम्पर्क गर्न अनुरोध गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780