जनकपुरधाम, १९ वैशाख । परराष्ट्र मन्त्रालयद्वारा भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआइआइटी) मे अध्ययनरत वीरगञ्जकी प्रिसा साहके मृत्यु प्रकरणबारे छानबिन गर्न कुटनीतिक पहल थालिएको छ ।
छात्रा साह विहीबार साँझ आफ्नै कोठामा मृतअवस्थामा फेला परेकी थिइन् । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत भारतको आइआइटीमा अध्ययनरत नेपाली छात्रा प्रिसाको होस्टेलको कोठामा मृत अवस्थामे फेला परेको घटनाप्रति मर्माहत भएको जनाएकी छिन् । परराष्ट्र मन्त्रालयद्वारा भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारी तथा आ दिल्लीस्थित नेपाली दूतावासमार्फत घटनाके सत्य, तथ्य छानबिन गर्न कुटनीतिक पहल थालिएको जनाइएको छ ।
उक्त घटनाको विषयमा क्याम्पसले शुक्रवार प्रेस विज्ञप्ति मार्फत विद्यार्थी साहको आत्महत्याको दुर्भाग्यपूर्ण घटनाबाट अत्यन्त दुःखी एवम् मर्माहत भएको जनाएका छन् । कम्प्युटर साइन्सको पहिलो वर्षमा अध्ययनरत छात्र साहको असमयिक र दुखद निधनप्रति क्याम्पस परिवारले समवेदना प्रकट गरेका छन् ।
घटनाको जानकारी पाउने साथ, वरिष्ठ प्रहरी अधिकारीहरू घटनास्थलमा पुगेको तथा विज्ञ टोलीसँग मिलेर प्रारम्भिक अनुसन्धान तत्कालै थालिएको क्याम्पसद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ । प्रतिकात्मक तस्विरः एआइ