देशैभरी मनाइयो विश्व प्रेस स्वतन्त्रता दिवस

जनकपुरधाम, २० वैशाख । नेपाल पत्रकार महासंघको आह्वानमा काठमाडौं सहित देशैभरिका शाखाहरुले विभिन्न कार्यक्रम आयोजना प्रभातफेरीको आयोजना गरी विश्व प्रेस स्वतन्त्रता दिवस मनाएका छन् ।

‘नयाँ विश्वमा साहसी पत्रकारिता, प्रेस स्वतन्त्रता र सञ्चार माध्यममा कृत्रिम बौद्धिकताको प्रभाव’ भन्ने नारासहित रत्नपार्कस्थित शान्तिबाट सुरु भएको प्रभातफेरी भृकुटीमण्डप पुगेर सभामा परिणत भएको थियो । नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माका अनुसार महासघले देशभरका पत्रकारहरूको अवस्था तथा प्रेस स्वतन्त्रता उल्लंघनका घटनाको निरन्तर अनुगमन गर्दै आएको छ । उनले भनिन्, “गत वर्षको तुलनामा यस वर्ष प्रेस स्वतन्त्रता हनन्का घटना बढेका छन् ।“

उनका अनुसार पत्रकारहरूका हत्याका घटनाहरू रोकिएका छैनन्, धम्की आइरहेका छन्, पत्रकारहरू विस्थापित भइरहेका छन् र सञ्चारमाध्यममाथि आक्रमण भइरहेका छन् । यस्तो अवस्थाको अन्त्यका लागि दोषीमाथि सरकारले तत्काल कारवाही गर्नुपर्ने माग उनले गरिन् ।
कार्यक्रममा महासचिव रामप्रसाद दाहाल, पूर्व कार्यवाहक अध्यक्ष रमेश विष्ट र काठमाडौं शाखाका अध्यक्ष शोभा अर्याल सहितका वक्ताहरूले प्रेस स्वतन्त्रता दिवस राज्यलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्न र पत्रकारहरूलाई सत्य, निष्पक्ष, नैतिक र जिम्मेवार पत्रकारितातर्फ प्रेरित गर्ने अवसर भएको बताए ।

मधेश प्रदेशका धनुषा सहितका जिल्लाहरुमा समेत महासंघका शाखाहरुले विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780