राजविराजमा पटके निर्णयबाट नियुक्त गरिएका कर्मचारीमा डेढ करोड बढी खर्चियो

राजविराज–जनप्रतिनिधिहरुले स्थानीय तहलाई आफन्त र आसेपासेका लागि भर्ति केन्द्र बनाएको भन्दै गुनासो भइरहदा सप्तरीको राजविराज नगरपालिकामा पटके निर्णयबाट १०५ जना डोर हाजिरीका कर्मचारी नियुक्त गरिएको पाइएको छ ।

स्थानीय तहले संगठन तथा व्यवस्थापन सर्वेक्षणको माध्यमबाट आवश्यक दरबन्दी एकिन गर्नुपर्ने हो । तर, नगरपालिकाले दरबन्दी एकिन गर्न सकेको छैन् भने वास्तविक कार्य मुल्याकंनबाट पद सिर्जना समेत नगरी पटके निर्णयकै आधारमा १०५ जना डोर हाजिरीका कर्मचारी भर्ना गरेर तलबका नाममा एक करोड ५६ लाख ९९ हजार ८८० रुपैयाँ खर्च गरेको छ ।

ती कर्मचारीहरुबाट भएका कार्य सम्पादन आश्वस्त हुन नसकेको महालेखापरीक्षकको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिवेदनमा डोर हाजिरमा तलब भुक्तानी भएका व्यक्तिहरुबाट वास्तवमा कार्य सम्पादन भए/नभएको एकिन गर्न सुझाइएको छ भने खर्चिएको रकम पनि सैद्धान्तिक बेरुजु ठहर गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार