सर्लाहीमा बस र मालवाहक ट्रक ठोक्किँदा ३ जनाको मृत्यु

सर्लाही–सर्लाहीको बागमती नगरपालिका–१ रायमाझी चोकमा विहीवार विहान यात्रुवाहक बस र भारतीय मालवाहक ट्रक ठोक्किँदा ३ जनाको मृत्यु भएको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत भैरहवाबाट जनकपुरका लागि छुटेको लु १ ख ८८४८ नम्बरको बस र सोही स्थानमा सडक किनारमा रोकिराखेको एन एल ०११ ए एस ९२५२ नम्बरको भारतीय मालवाहक ट्रक ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा अन्य ७ जना घाइते भएको प्रहरीको प्रारम्भिक विवरण रहेको छ । घाइतेलाई प्रहरीले उद्धार गरी विभिन्न अस्पताल पुर्याएको सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनालले बताए ।

दुर्घटनामा रुपन्देहीका दर्शक कुँवर, रामकरण केबट र हरिबहादुर चौधरीको मृत्यु भएको छ । तीनै जनाको घटनास्थलमा नै मृत्यु भएको हो ।

सर्लाही प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले दुर्घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार