डाक्नेश्वरीमा जनप्रतिनिधिबाटै असुरक्षित बन्दै कर्मचारी

राजविराज–सप्तरीको डाकनेश्वरी नगरपालिकामा जनप्रतिनिधिबाटै कर्मचारी असुरक्षित रहेको पाइएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुन्दनकुमार कर्णले शान्ति सुरक्षाका लागि प्रमुख जिल्ला अधिकारी (सिडिओ)लाई पत्र लेखेको पाइएपछि सो विषय बाहिरिएको हो।

कर्णले लेखेको पत्रअनुसार ४ असारमा नगर प्रमुख रामखलन मलाहको उपस्थितीमा केही जनप्रतिनिधिले कार्यकक्षमै प्रवेश गरेर गालीगलौज र अभद्र व्यवहार गर्दै कार्यालय नआउन चेतावनी समेत दिएका छन्। ‘वडा नम्वर ९ का अध्यक्ष कर्णदेव चौधरी र वडा नम्वर ५ का रमेश चौधरी मेरो कार्यकक्षमा प्रवेश गरी नगर प्रमुख रामलखन मलाह समेतको उपस्थितिमा रोजगार संयोजक र रोजगार सहायक पदको विज्ञापनको विषयलाई लिएर आफुमाथि गालीगलौज र अभद्र व्यवहार गरेको’ उनको पत्रमा उल्लेख रहेको छ।

उनीहरुउपर कानून बमोजिम कारबाही गरी कामकाज गर्न शान्ति सुरक्षा उपलब्ध गराई दिन प्रमुख प्रशासकीय अधिकृत कर्णले सिडिओसँग आग्रह गरेका छन् । ‘निजहरुलाई कानून बमोजिम कारबाही गरी मलाई कार्यालयमा गई कामकाज गर्न शान्ति सुरक्षा उपलब्ध गराई दिनु हुन सादर अनुरोध गर्दछु।’, उनले लेखेको पत्रमा भनिएको छ।

उता, नगर प्रमुख रामलखन मलाहले ती सबै आरोपमा कुनै सत्यता नरहेको प्रतिक्रिया दिए । ‘प्रमुख प्रशासकीय अधिकृत कर्णको कार्यशैली नै नाकारात्मक छ, कार्यपालिकाको बैठकमा नआएपछि हामी उहाँको कार्यकक्षमा बुझ्न पुगेका थियौं तर बुझ्ने क्रममा उहाँले नै अपशब्द प्रयोग गर्न थाल्नुभयो’ उनले भने, ‘अहिलेसम्म ३ वटा योजनाको मात्र भुक्तानी दिएको छ, जबकी ५० वटा फाइल थन्किएको अवस्था छ, कामै नगर्ने भएपछि मैले नयाँ प्रमुख प्रशासकीय अधिकृतका लागि मन्त्रालयमा आग्रह गरेको छु र बुझ्न जाँदा सोही विषयलाई लिएर चोरेर मन्त्रालयमा पत्र पठाएको नै भन्न थाल्नुभयो, यसरी पनि भन्नमिल्छ र? मैले आफ्नो अधिकार पनि प्रयोग गर्न नहुने हो?’

Author:



क्याटोगरी छान्‍नुहोस

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार