राजविराज–सप्तकोशी नदीमा निरन्तर बढीरहेको बहाव घट्न थालेको छ ।
आइतबार बिहान करिब ६ बजेको समय सबैभन्दा उच्च ६ लाख ६१ हजार ५ क्युसेक मापन गरिएकोमा ७ बजेपछि ६ लाख ५५ हजार ५ क्युसेक पानी मापन गरिएको छ ।
कोशी व्यारेज कन्ट्रोल रुमले भर्खरै मात्र अपडेट गरेको सूचना अनुसार कोशीको पानी अब भने घट्न सक्ने जनाएको छ ।