कोशी ब्यारेज पुलमा २५ घण्टापछि आवागमन

राजविराज–सप्तकोशी नदीमा पानीको वहाव घटेसँगै कोशी ब्यारेजको पुलमा आइतबार साँझ साढे ५ बजेबाट आवागमन खुला गरिएको छ ।

नदीमा पानीको वहाव अत्यधिक भएर पुलमाथिबाटै बाढी बग्न थालेपछि शनिबार दिउँसो ४ बजेबाट पुलमा आवागमनमा रोक लगाइएको थियो ।

पानीको बहाव घटेको र पुलमा रहेको फोहोर सफा गरिएपछि यातायात र पैदलयात्रीलाई आउजाउ गर्न दिने निर्णय गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातीले जानकारी दिए ।

आइतबार बिहानबाट पानीको बहाव निरन्तर कम हुँदै गए पनि पुलमा बाढीले थुपारेको फोहोर सफा गर्न ६ घण्टा लागेको थियो । सुरक्षाकर्मी, स्थानीय बासिन्दा र डोजर प्रयोग गरी ब्यारेज पुलको फोहोर हटाएर कोशीमै फालिएको जनाएको छ ।

आइतबार बेलुका ५ बजे गरिएको मापनअनुसार कोशी नदीमा पानीको वहाव ३ लाख ५७ हजार क्युसेक प्रतिसेकेन्ड रहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार