रवि पक्राउको विरोध रोक्न नसकेका चितवनका सिडिओ यादव र एसपी रिमाल तानिए

काठमाडौं–गृह मन्त्रालयले चितवनका प्रमुख जिल्ला अधिकारी  (सिडिओ) इन्द्रदेव यादवलाई तानेको छ ।

रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला बनाएर नारायणी नदीमा दाह संस्कार गरेका थिए ।

उक्त घटना रोक्न नसकेको भन्दै दबाब बढेपछि सिडिओ यादवलाई गृहमा तानिएको हो । नयाँ सीडीओको रूपमा गृह मन्त्रालयले प्रकाश पौडेललाई पठाएको छ ।

त्यस्तै, प्रहरी प्रधान कार्यालयले चितवन प्रहरी प्रमुख एसपी भावेश रिमाललाई पनि तानेको छ । एसपी रिमाललाई काज सरुवा गरेर मानव बेचबिखन अनुसन्धान ब्युरोमा कार्यरत एसपी गौतम मिश्रलाई चितवन पठाइएको छ ।

कार्यक्षमता कमजोर देखिएपछि रिमाललाई फिर्ता गरेर एसपी गौतमलाई पठाइएको प्रहरी प्रधान कार्यालय श्रोतले बताए ।

एसपी रिमाल गत फागुनमा मात्रै चितवनको कमाण्ड सम्हालेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780