‘मन्दीको बेला अनुगमनको नाममा व्यवसायीलाई आतंकीत पार्ने नियत देखियो’

राजविराज–सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष लालुप्रसाद अग्रवालले आफ्नो जिम्मेवारी पूरा नगरी बजार अनुगमनको नाममा व्यवसायीलाई आतंकीत पार्ने प्रहरी प्रशासनको कार्य सरासर गलत रहेका बताएका छन् ।

बोर्डरमा मालसमान ओहरदोहर भइरहदा चुप लागेर बस्ने अनि बजारमा छापामारी गर्ने ? भनि प्रश्न गर्दै उनले भने, ‘यो व्यवसायीलाई दुःख दिने नियत मात्रै हो ।’

उनले बजारबाट अवैध मालसमान बरामद हुनुले पनि प्रहरी प्रशासनकै गैरजिम्मेवारी स्पष्ट हुने गरेको बताए । ‘भारतीय बजारबाट बोर्डर पार गरेर नेपाली बजारसम्म कसरी मालसमान आयो ?, ती मालसमान रोक्ने जिम्मेवारी कसको हो ? अनि किन रोक्दैन त ?’ उनले थपे, ‘यी विषयहरुमा हामीले नै सरोकारबालामाथि अनुगमन गर्नुपर्ने हो ।’

अध्यक्ष अग्रवालले बोर्डरमा व्यापक रुपमा भइरहेको तस्करीबारे पटक पटक सरोकारबालालाई जानकारी गराउँदा पनि सुनुवाई नभएको बताए । ‘तस्करीबारे मैले आफैं पनि पटक–पटक जानकारी गराएको छु तर सुनुवाई हुँदैन्, आफ्नो जिम्मेवारी पुरा नगर्ने अनि व्यवसायीको मात्रै दोष देखाएर कहाँ हुन्छ ?’

उनले व्यवसायीलाई पनि अवैध मालसमान नराख्न र स्वच्छ रुपमा व्यवसाय गर्न आग्रह गरे । ‘बजार मन्दी रहेका कारण तपाई (व्यवसायी)हरु समस्यामा हुनुहुन्छ, त्यो कुरा नकार्न सकिदैन तर कानूनको परिधिभित्र रहेर व्यवसाय गर्न आग्रह छ’, उनले भने ।

अध्यक्ष अग्रवालले प्रहरी प्रशासनलाई बजारको मन्दीले व्यवसाय धरासायी भइरहेको बेला अनाहकमा व्यवसायीलाई दुःख नदिन पनि आग्रह गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780