काठमाडौँ–सरकारले १७ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सरुवा गरेको छ ।
गृह मन्त्रालयले सहसचिव तथा उपसचिव गरी २७ जनाको सरुवा गरेको छ । जसमा केही जिल्लाका सिडिओहरू गृह मन्त्रालय तानिएका छन् भने केहीको सरुवा अर्को जिल्लामा भएको छ ।
गृह मन्त्रालयले सप्तरीका सिडिओ मेखबहादुर मंग्रातीको सरुवा जिल्ला प्रशासन जाजरकोट पठाएको छ भने उनको स्थानमा गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहाल आएका छन् ।