सप्तरीबाट पुनः ठुलो परिमाणमा गाँजा बरामद

रामशंकर भण्डारी

चन्ही (सप्तरी), २७ पुस-सप्तरीको बलान बिहुल गाउॅंपालिका-१ कमलदाहाबाट शनिबार साँझ ६  क्विन्टलभन्दा बढी गाँजा बरामद भएको छ ।

प्रहरी स्रोतका अनुसार सो टोलमा परालको टौवाभित्र लुकाएर राखेको अवस्थामा २४ पोका गाँजा बरामद भएको हो ।

विशेष सूचनाका आधारमा प्रहरी चौकी मौवहा मल्हनियाका इन्चार्ज प्रहरी सहायक निरीक्षक हेमन्त तामाङको नेतृत्वमा खटिएको प्रहरी टोलीले उक्त गाँजा बरामद गरेको जनाएको छ ।

यसअघि गत मंसिर ४ गते राति पनि प्रहरीले जिल्लाको राजगढ गाउँपालिका-४ बेल्ही चपेनाबाट टिपर र चालकसहित १७ क्विन्टल १७ किलो लागुऔषध गाँजा बरामद गरेको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस