नरहाका प्रमुख प्रशासकीय अधिकृत झा र लेखापाल कुसियैतलाई कैद र जरिवाना

लहान-विशेष अदालतले सिराहाको नरहा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र लेखापाललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भवेशकुमार झा र सुरेश कुसियैतलाई दोषी ठहर गरेको हो ।अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले आइतबार उनीहरूलाई दोषी ठहर गर्दै जनही ६ महिना कैदको फैसला पनि सुनाएको छ ।

यस्तै, उनीहरूले बिगो रकम ६ लाख २० हजार रुपैयाँको दामासाहीले हुन आउने रकम जरिवानासमेत तिर्नुपर्ने आदेशमा उल्लेख छ ।

आर्थिक वर्ष २०७४-७५ मा गाउँ कार्यपालिकाको बैठकबाट निर्णय भई खरिद भएका ५७ प्रकारका औषधिजन्य मालसामानमा अनियमितता भएको भन्दै परेको उजुरीमाथि छानबिन गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूमाथि ६ महिनाअघि विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

गाउँपालिकाले औषधि खरिदका नाममा २२ लाख ६१ हजार रुपैयाँभन्दा बढी भुक्तानी गरेको थियो । तर, अख्तियारको अनुसन्धानका क्रममा १६ लाख ४१ हजारबराबरको औषधि मात्र वितरण भएको देखिएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780