‘हाई स्पीड’को कारमा नियन्त्रण गुमाएपछि …

बोदे बरसाईन–सप्तरीको बोदे बरसाईन नगरपालिका–५ जाँजरस्थित ‘हाई स्पीड’ मा रहेको भारतीय नम्बर प्लेटको कार अनियन्त्रित भएर दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

हुलाकी राजमार्ग अन्तर्गत खडक खोलाको पुलसँगै पश्चिमतर्फ सडकबाट तल खसेर डब्लुबी ७ बीबी २३७३ कार दुर्घटनामा परेको हो । ‘हाई स्पीड’ मा रहेको कारका चालकले पुलपछिको घुम्तिमा नियन्त्रण गर्न नसक्दा सडक किनारमा रहेको दुई वटा पिलर भत्काउँदै कार सडकबाट करिब ५–७ मिटर तल खसेको प्रत्यक्षदर्शीले बताए ।

आइतबार मध्यराति भएको दुर्घटनामा परेर कारका चालक मोरङको विराटनगर–२ बस्ने ४० महेन्द्र जजतिया, कारमा सवार बोदेबर्साइन–५ कै संजय अग्रवालकी ४० वर्षीया पत्नी प्रेमलती अग्रवाल र विराटनगर–२ कै ५२ वर्षीय राम अवतार जजतिया घाइते भएका छन् ।

उनीहरुको जीवन ज्योती अस्पताल बोदेबर्साइनमा उपचार पश्चात थप उपचारको लागि विराटनगर पठाइएको छ । दुर्घटनामा परेका तीनै जनाको स्वास्थ्य अवस्था समान्य रहेको प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

यो पनिः

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780