आज थप आठ बन्दी रिहा गर्दै हमास

काठमाडौं–प्यालेष्टिनी हमास समूहले बिहीबार थप ८ जना बन्दी रिहा गर्दैछ । युद्धविराम सम्झौता अन्तर्गत हमासले तीन इजरायली र पाँच थाइ बन्दीलाई रिहा गर्न लागेको टाइम्स अफ इजरायलले जनाएको छ।

इजरायली सेनाका २० वर्षीय जवान अगम बर्जर, २९ वर्षीय नागरिक अर्बेक येहुद र ८० वर्षका मोशे मोजेज रिहा हुनेछन्। पाँच थाई नागरिकको नाम भने खुलाइएको छैन।

गाजामा हमासको कब्जामा आठ थाइ बन्दी छन्। नेपालका एक र तान्जानियाका एक जना छन्। थाईका अरु दुई बन्दी र तान्जानियाली नागरिकको मृत्यु भइसकेको बताइएको छ।

नेपाली नागरिक विपिन जोशीको अवस्था र रिहाबारे अहिलेसम्म केही खबर आएको छैन ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780