कुम्भ मेलाबाट फर्किँदै गरेको गाडी दुर्घटना, ५ नेपालीको मृत्यु

जनकपुर–भारतको उत्तर प्रदेशको प्रयागराजस्थित महाकुम्भ मेलामा सहभागी भएर घर फर्कने सडक दुर्घटना हुँदा पाँच जना नेपालीको मृत्यु भएको छ ।

शनिबार बिहारको मुजफ्फरपुरमा सडक दुर्घटनामा एउटा स्कोरपियो गाडी दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उक्त गाडीमा नौजना सवार थिए । महिला–पुरुष गरी घटनास्थलमा पाँचजनाको मृत्यु भएको हो । गाडीमा सवार बालबालिकासहित चारजना गम्भीर घाइते रहेका र उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

उक्त गाडी कसैलाई बचाउने क्रममा अनियन्त्रित भएर सडकमा पल्टिएको प्रहरीको अनुमान छ । घाइतेले आफूहरू सबै नेपालको महोत्तरी जिल्लाको भएको बताएको प्रहरीका तर्फबाट सञ्चारमाध्यमलाई जानकारी गराइएको छ ।

दुर्घटनालगत्तै घटनास्थलनजिक सयौँ मानिस भेला भएका थिए । उपचारका निम्ति घाइतेलाई त्यहाँको श्रीकृष्ण मेमोरियल मेडिकल कलेजमा भर्ना गरिएको छ । मृतकको सनाखत हुन बाँकी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780