महाकुम्भबाट फर्किंदै गर्दा सवारी दुर्घटनामा ज्यान गुमाउने ५ नेपालीको शव आज ल्याइने

जनकपुर–भारत बिहार राज्यको मधुबनीस्थित मुजफ्फरपुरमा हिजो स्करर्पियो दुर्घटना हुँदा ज्यान गुमाउने महोत्तरी, धनुषा र सिराहाका पाँच जना नेपालीको शव आज नेपाल ल्याउने तयारी भएको छ ।

मृतकको शव लिनको लागि आफन्त भारततर्फ प्रस्थान गरेका जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी सन्तुलाल जैसवालले जानकारी दिए । उत्तरप्रदेशको प्रयागराजमा महाकुम्भ स्नान गरेर फर्किंरहेका नेपाली यात्रु सवार बी आर ३२ पी ए ४६६१ नम्बरको स्करर्पियो मुजफ्फपुरस्थित सदरथाना क्षेत्रको मादापुरमा रहेको मधुवनी मन्दिर नजिकै दुर्घटना हुँदा पाँचजना नेपालीको मृत्यु भएको थियो ।

दुर्घटनामा अन्य चारजना नेपाली घाइते भएका छन् । उक्त दुर्घटनामा महोत्तरीको जलेश्वर नगरपालिका–७ बस्ने ६० वर्षीय बालकृष्ण झा, उनकी पत्नी ५० वर्षीया इन्दु देवी, महोत्तरीकै मनरा सिश्वा नगरपालिका–२ बस्ने ५० वर्षीया मनतारन देवी र धनुषाको नगराइन नगरपालिका बस्ने ३० वर्षीया अर्चना झाको मृत्यु भएको छ ।

मृतक जिप चालक सिराहाका रहेको प्रहरीले जनाएको छ । उनको परिचय भने अझैसम्म खुल्न नसकेको डीएसपी जैसवालले बताए । तर, भारतीय सञ्चारमाध्यमका अनुसार दुर्घटनामा मृत्यु भएका चालकको नाम गणेश शर्मा रहेको खुलाएको छ । उनी ३० वर्षीय हुन् ।

सोही दुर्घटनामा मृतक बालकृष्णका भाञ्जा ३० वर्षीय मनोहर ठाकुर, भाञ्जी २५ वर्षीया कामिनी झा, बहिनी ५० वर्षीया जगतारण देवी र नातिनी ८ वर्षीया सृष्टि झा गम्भीर घाइते भएका प्रहरीले जनाएको छ । बालिका सृष्टि अर्चनाकी छोरी हुन् । घाइतेहरुको मुज्जफरपुरस्थित श्रीकृष्ण मेडिकल कलेज (एकेएमसीएच) मा उपचार भइरहेको छ ।

गाडी चालकसहित मृतक ५ जना चार परिवारका सदस्य हुन् । आफन्त भित्रका तीन परिवारका सदस्य गाडी रिजर्भ गरेर एकसाथ कुम्भ स्नान गर्न गएका थिए ।

भारतीय सञ्चारमाध्यमले जनाएअनुसार चार लेनको सडकमा अचानक अगाडी आएको मोटरसाइकललाई बचाउन खोज्दा अनियन्त्रित भएर स्करपिओ दुर्घटनामा परेको थियो । तीव्र गतिमा रहेको उक्त स्करर्पियो पाँच पटक पल्टिएको जनाएको छ ।

मृतक पाँचै जनाको शव लिनको लागि आफन्त भारततर्फ प्रस्थान गरेको डीएसपी जैसवालले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780