राजविराज, ७ फागुन । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको हाताभित्र बुधबार नवजात शिशु मृत अवस्थामा भेटिएको छ ।
प्रत्यक्ष दर्शीहरूका अनुसार एउटा कुकुरले भर्खरै जन्मेको नवजात शिशु मुखमा लिएर अस्पताल प्राङ्गणमा घुमिरहेका थिए ।
त्यहाँ उपस्थित व्यक्तिहरूले ती कुकुरलाई घेराउ गरी पोषण पुनर्स्थापना केन्द्रको पछाडि मृत नवजात शिशुलाई राखेर प्रहरीलाई खबर गरेका थिए । शिशु कसको हो भन्ने खुल्न सकेको छैन । स्थानीयले घटनाको सुक्ष्म तरिकाले अनुसन्धान गर्नुपर्ने बताएका छन् ।
यसैबीच जिल्लाको डाक्नेश्वरी नगरपालिका-९ स्थित पत्थरगाडामा पनि नवजात शिशु मृत अवस्थामा भेटिएको छ । दुवै घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।