बस दुर्घटनामा आठवटा सवारीसाधनमा क्षति

काठमाडौं, ७ जेठ: काठमाडौंको गौशालास्थित पिङ्लास्थानमा एक सार्वजनिक बस अनियन्त्रित भई दुर्घटना हुँदा आठवटा सवारीसाधनमा क्षति पुगेको छ।

आज बिहान गौशालाबाट तिलगङ्गातर्फ जाँदै गरेको बा ५ ख ६७३५ नम्बरको बाबा गोकर्णेश्वर यातायातको सार्वजनिक बस काठमाडौं महानगरपालिका–८ पिङ्लास्थान नजिकै सडकमा अनियन्त्रित भई दुर्घटनामा परेको हो। उक्त दुर्घटनाका कारण सो बससहित अन्य आठ सवारीसाधनमा क्षति पुगेको काठमाण्डौं प्रहरी परिसरले जनाएको छ।

प्रहरी उपरीक्षक तथा जिल्ला प्रहरी परिसरका प्रवक्ता अपीलराज बोहराका अनुसार उक्त दुर्घटनामा बससहित एक हायस, तीनवटा कार, दुईवटा मोटरसाइकल र एकवटा स्कुटरमा क्षति पुगेको छ।

दुर्घटनामा धादिङ ज्वालामुखी गाउँपालिका–१ घर भई काठमाडौं टोखा निवासी ३२ वर्षीय राजकुमार श्रेष्ठ, नुवाकोट टाडी गाउँपालिका–२ घर भई हाल टोखा बसोबास गर्दै आएका २२ वर्षीय विकास कट्टेल र खोटाङ हलेसी तुवाचुङ नगरपालिका–५ घर भई हाल कोटेश्वर बसोबास गर्दै आएका ३७ वर्षीय शैलेन्द्र राई घाइते भएका छन्।

दुर्घटनापछि अनियन्त्रित भई पल्टिएको बा ५ ख ६७३५ नम्बरको बसका चालक फरार रहेको र उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ। प्रहरी उपरीक्षक बोहराका अनुसार घटनाको विस्तृत अनुसन्धान भइरहेको छ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780