जसपा नेपाल नेवा: राष्ट्रिय समितिको प्रथम अधिवेशन उद्घाटन 

ललितपुर (गोदावरी) ३१, जेष्ठ। जनता समाजवादी पार्टी, नेपालको राष्ट्रिय मोर्चा ‘नेवा: राष्ट्रिय समितिको ऐतिहासिक प्रथम अधिवेशन’ आज बिहानैदेखि भब्य रुपले सुरु भएको छ।

शनिबार ललितपुरको गोदावरीमा आयोजित कार्यक्रमको प्रमुख वक्ता रहेका जसपा नेपालका अध्यक्ष माननीय उपेन्द्र यादवले अधिवेशनको उद्घाटन गरेका छन।

गोदावरी नगरपालिका–१४, स्थित ठैबको ता-फल्चाको प्राङ्गणमा बिहान ८ बजेदेखि नेवार समुदाको स्थानीय पहिरन र संस्कृति झल्किने गरि हजारौको संख्यामा र्याली निकालिएको थियो।

जसपा नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्य र केन्द्रीय उपाध्यक्ष बिधुत बज्राचार्यको विशेष आतिथ्यतामा आयोजित कार्यक्रममा पार्टीका अन्य केन्द्रीय नेतृत्वसहित काठमाडौँ उपत्यकाका हजारौ स्थानीय नेवार समुदायको बाक्लो उपस्थिति रहेको छ।

Author:



क्याटोगरी छान्‍नुहोस