‘कर्णाली प्रदेशले मधेशलाई मात दिएको देख्दा लाज लाग्नुपर्ने हो’

रामरिझन यादव

रामरिझन यादव

गजेन्द्रबाबूले भन्ने गर्नु हुन्थ्यो ‘ गर्व से कहो हम मधेशी है ।’ यो गर्वको क्षण गज्जूबाबूले त हेर्न सक्नु भएन तर उपेन्द्रबाबू तथा राजेन्द्रबाबूले खुबै हेरे । हेरेमात्र होइन, उनीहरूसगै धेरैले प्रयोग पनि गरे र अद्यावधि यसमा यति निर्लिप्त डुबेका छन् कि आज यो गर्विलो क्षण अभिशापको बन्न थालेको छ ।

ओलम्पिक र एशियाडमा कतै ठाउ नभएको क्रिकेट खेलमा नाक फुलाउने मधेश प्रदेश हालै सम्पन्न राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको  १५ औ सन्स्करणमा गोलबजारकी पोर्सिया चौधरी ले ४५ केजी कराते तथा ४२ केजी ताईकोण्डोमा सालिना यादव र ५२ केजी करातेमा प्रिन्स साह ले स्वर्ण पदक नजितेको भए मधेश प्रदेश मुख देखाउन लायक रहने थिएनन । यति हुदा हुदै पनि ४ वटा स्वर्ण जितेर विकटका क्षेत्र ।

उदेकलाग्दो प्रश्न के छ भने सिरहा जिल्लामा आफूलाई मधेशबादी वा मधेशका सबैभन्दा ठूलो पहरेदार कहलाउनेहरूले जितेका अर्नामा, औरही, बरियारपट्टी र नवराजपुर गापाले त प्रतियोगितामा भाग लिनु पर्छ भन्ने कुरा सोच्दा पनि सोचेन । खेलकुद पनि एउटा विधा हो भन्ने कुरा उनिहरूको जेहनमा नै आएनन् । त्यस्तै अवस्था रह्यो सबैभन्दा चर्चा आएका सिरहा नगरपालिकाको ।चर्चै चर्चामा रहन रूचाउने यो नपाले खेलकुद प्रतियोगिता नगराएपछि विष्णुपुर, भगवानपुर, सुखिपुर, कर्जन्हा, सखुवानन्कारकट्टी र लक्ष्मीपुर पतारिले पनि जिल्ला खेलकुद परिषदले लाख खुशामद गर्दा टेरपुच्छर लगाएनन ।

लहान र धनगडीमाई नपाले खेलकुद परिषदको निवेदनमा तोक त लगायो तर जिम्मेवारीबहन गरेनन । यसरी सिरहा जिल्लाका १५ वटा पालिकाले खेलकुदप्रति देखाएको उदासिनताले आज सयौ‌ प्रतिभावान खेलाडीहरूको गला रेटिएको छ । तर, जे भए पनि गोलबजार नपा र नरहा गापाले देखाएको सकृयताको कारण आज गोलबजारकी सालिना यादव र पोर्सिया चौधरीले स्वर्ण पदक जितेकी छन । नजितेको भए सिगो मधेश प्रदेश मुख देखाउन लायक रहने थिएनन । त्यसैले मधेश प्रदेशमा सिरहा जिल्लाको स्थान कहाँ छ भन्ने कुरा कोट्याईरहनु पर्दैन ।

यसपालिको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको १५ औ सन्स्करणमा कूल ६ वटा खेल (एथलेटिक्स, भलिवल, कब्बडी, कराँते, उसू र तेकवान्दाे) मा ६६ स्वर्ण पदकको छिनोफानो गर्नु थियो । जसमध्ये ३६ स्वर्ण ल्याएर बाग्मति प्रथम भयो भने सुदूरपश्चिम र लुम्बिनी कमश: ५ र ४ ल्याएर दोस्रो र तेस्रो भए । मधेश प्रदेशले 3 स्वर्ण ल्याए पनि कर्णालीलाई उच्छिन्न सकेनन् । त्यसमा सिरहाले सिन्चित पारेको हिस्सालाई प्रशंसा गर्नैपर्छ । बधाई दिनै पर्छ । (सामाजिक सञ्जालमा व्यक्त विचार)

Author:



क्याटोगरी छान्‍नुहोस