डिभिजन वन कार्यालय जलेश्वरका तत्कालीन अधिकृतहरूविरुद्ध अख्तियारद्वारा सर्वोच्चमा मुद्दा दायर

जनकपुरधाम, २ असार । डिभिजन वन कार्यालय जलेश्वर, महोत्तरीका तत्कालीन डिभिजनल वन अधिकृत हेमन्त प्रसाद साह र सहायक वन अधिकृत लक्ष्मण प्रसाद यादवसहितका अधिकारीहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ।

रम्तेलडाँडा सामुदायिक वन क्षेत्रका रुखहरू गैरकानुनी रूपमा व्यक्तिलाई लाभ हुने गरी कटान गरिएको पुष्टि भएपछि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम विशेष अदालतमा पहिले नै मुद्दा दायर गरिएको थियो। तर सो फैसलाबाट आयोग चित्त नबुझी सर्वोच्चमा पुनरावेदन गरेको हो।

आयोगका अनुसार सरकारी कर्मचारीहरूले आफूले संरक्षण गर्नुपर्ने वन क्षेत्रमै अवैध कटान गरी राज्यलाई क्षति पुर्‍याएको पाइएको छ। सामुदायिक वनको नाममा भइरहेको यस्तो गतिविधिबाट लाभ उठाउने कार्यमा संलग्न अधिकारीहरूलाई कानुनी दायरामा ल्याउने उद्देश्यले मुद्दा अघि बढाइएको आयोगको भनाइ छ।

Author:



क्याटोगरी छान्‍नुहोस