डा. भट्टराईको चिन्ता : “मधेश सुख्खाग्रस्त बन्नु अन्न भण्डारको अपमान हो”

काठमाडौं, ८ साउन — देशका पूर्व प्रधानमन्त्री तथा समाजवादी चिन्तक डा. बाबुराम भट्टराईले मधेश प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्नुपर्ने अवस्था आउनु अत्यन्त गम्भीर र चिन्ताजनक विषय भएको बताएका छन्।

विहीबार विहान सामाजिक सञ्जाल फेसबुकमार्फत विचार व्यक्त गर्दै उनले जल, जमिन र जंगलको समुचित व्यवस्थापन नगर्दाको परिणाम आज देशले भोगिरहेको बताएका हुन्। “देशको अन्नभण्डार मानिने मधेश सुख्खाग्रस्त बन्दा पनि सम्बन्धित निकायहरू अझै गम्भीर देखिँदैनन्,” भट्टराईले लेखेका छन्, “जब पर्यो राति अनि बुढो ताति — यो प्रवृत्ति कहिलेसम्म?”

उनले विगतमै सुझाएका भए पनि राज्यले ध्यान नदिएको भन्दै चूरे फेदी क्षेत्र संरक्षण, नहर सञ्जाल विस्तार, भूमिगत जल पुनर्भरण, वैज्ञानिक भूमिसुधार र ट्युववेल सञ्जाल विस्तारजस्ता कार्यक्रमहरू तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने बताएका छन्।

भट्टराईले प्रस्ताव गरेको ‘बृहद हरित क्रान्तिको गुरुयोजना’ नबनाउनु र नलागू गर्नु नै अहिलेको सुख्खा संकटको मूल कारण भएको टिप्पणी गरेका छन्।

सङ्घीय सरकार, प्रदेश सरकार तथा स्थानीय तहले अब ढिला नगरी दीर्घकालीन रणनीति निर्माण र कार्यान्वयनमा जाने समय भएको उनको धारणा छ। यस्ताे उनकाे धारणा:

Author:



क्याटोगरी छान्‍नुहोस