कसरी गर्न सकिन्छ चुकन्दर खेती ? खानुका फाइदा यस्ताे छ:

चुकन्दर अर्थात् बिटरुट निकै लाभदायक र पौष्टिक तरकारी हो । हेर्दा नै लोभलाग्दो, रातो देखिने यो तरकारीले सबै उमेर समूहका लागि उत्तिकै फाइदाजनक मानिन्छ । प्राचीन कालमा चुकन्दरको उपयोग यौन स्वास्थ्य बलियो बनाउन गरिन्थ्यो । यसैले यसलाई प्राकृतिक भियाग्रासमेत भनिन्छ । यसबाट नाइट्रिक अक्साइड निस्किन्छ, जसका कारण रक्तवाहिनी फुक्छ र यौनांगमा रगतको प्रवाह बढ्दै जान्छ । यसबाहेक चुकन्दरमा धेरै मात्रामा भोरान नामक रसायन पाइन्छ, जुन मानिसको यौन हार्मोन निर्माणमा सहयोगी हुन्छ ।

चुकन्दरको जुस खानाले व्यक्तिविशेषको स्टामिना १६ प्रतिशतसम्म बढ्ने दाबी गरिन्छ । यसो हुनुका पछाडि यसमा भएको नाइट्रेट तत्त्व कारक हुन्छ । शरीरमा अक्सिजनको वृद्घिले गर्दा मस्तिष्कले राम्ररी काम गर्न सक्छ ।

चुकन्दर खाँदा डिमेन्सिया (बिर्सने रोग) बाट आराम पाउन सकिने मान्यता छ । चुकन्दर खाँदा यसमा भएको नाइट्राइटस नाइट्रिक अक्साइडमा परिवर्तित हुन्छ । यी दुवै तत्त्वले धमनीलाई फराकिलो पार्न र रक्तचाप कम गर्न सघाउँछ । अनुसन्धानमा पाइएअनुसार, दिनहुँ ५ सय ग्राम चुकन्दर खाने गरे छ घण्टामा व्यक्तिविशेषको रक्तचाप कम हुन्छ ।

यसमा धेरै बढी मात्रामा रेसा (फाइबर), फ्लेभेनाइडस र भेटासायनिन हुन्छ । शक्तिशाली एन्टिअक्सिडेन्ट भेटासायनिनले गर्दा नै यसको रंग रातो भएको हो । यो भेटासायनिनले एलडीएल कोलेस्ट्रोलको अक्सिडेसन कम गर्न सघाउँछ, जसले गर्दा यो धमनीमा जम्दैन । अनि ह्दयाघातको जोखिम कम हुन्छ ।

चुकन्दर खाँदा शरीरमा रगतको कमी हुन पाउँदैन । यसमा धेरै मात्रामा आइरन हुन्छ । यही आइरनले रक्तअल्पतासँग लड्न सघाउँछ । आइरनको सहयोगले हेमोग्लुटनिन बन्छ, जो रगतकै एउटा खण्ड हुन्छ । यसले अक्सिजन र अन्य पोषक तत्त्वलाई शरीरको अन्य अंगसम्म पुर्‍याउन सघाउँछ । यसमा मिनरल सिलिकासमेत हुन्छ । यही तत्त्वले गर्दा हाम्रो शरीरले क्याल्सियमको प्रभावकारी रूपमा उपयोग गर्न सक्छ । यसको निरन्तर सेवनले अस्टियोस्पोरोसिस, हाड आदिको समस्याबाट बँच्न सकिन्छ ।

यसमा फलिक एसिड उच्च मात्रामा पाइन्छ । यो पोषक तत्त्व गर्भवती र शिशुको लागि महत्त्वपूर्ण हुन्छ । यसले गर्भस्थ शिशुको मेरुदण्ड बनाउन सहयोग गर्छ । यति मात्र होइन, यसले गर्भवतीलाई अतिरिक्त ऊर्जा पनि दिन्छ।

चुकन्दर कुन समय र कस्तो अवस्थामा फल्छ भन्ने हामीलाई धेरै थाहा नभएको हुन सक्छ ।

आवश्यक मौसम
-१० देखि १६ डिग्रि सेल्सियस उपयुक्त ।
-गान्टे मुला खेतिको लागि कम्तिमा ६ देखि ८ घन्टाको सुर्यको किरण चाहिन्छ ।
-सबै भन्दा राम्रो ओसिलो ठाँउमा फल्छ ।

आवश्यक माटो
-धेरै किसिमको माटोमा यो फल फलाउन सकिन्छ ।
-सबै भन्दा राम्रो माटो भनेको धेरै मल भएको र ओसिलो माटो भएको हुनु ।
-धेरै भारी वा धेरै हलुका माटो ठिक हुदैँन ।
जमिन
-जमिन झारबहन विहिन हुनुपर्छ ।
-माटो मल र कुइएको कुराबाट भरिपूर्ण हुनुपर्छ ।

रोपन

-एशियन चुकन्दरलाई जुलाईदेखि सेप्टेम्बरसम्म ठिक हुन्छ
-युरोपियन खालकोलाई अक्टोबरदेखि डिसेम्बरसम्म रोप्न लायक हुन्छ।
-रोपनको लागि प्राय फल्याटबेड प्रयोग गरिन्छ ।

स्पेसिङ
-यस्को बीउ एकअर्कामा ३० सीएम को दुरीमा रोप्नुपर्छ ।
-एउटा लाइनदेखि अर्को लाइन बिच ६ देखि ७ सिएमको दुरी हुनुपर्छ ।
-रोपनको गहराई १.५ सीएम हुनुपर्छ ।
-सम्मान खेतिको लागि, बिउ बलुवासँग मिसाउन पर्छ

मलहरु
-एफ.वाइ.एम
-नाइट्रोजन
-फोजफोरस
-पोटासियम
सिचांइ
-बीउ माटोमा हाल्ने बित्तिकै पानी हाल्न पर्छ ।
-त्यसछि ८–१० दिनको बेलामा पानी हाली राख्नपर्छ ।
कटाइ
-जब गान्टे मुलाको जराहरु राम्रो रुपमा आएपछि काट्नको लागि योग्य हुन्छ ।
-यो ६ देखि १० सि एम भएपछि निकाल्न सकिन्छ ।
-प्राय गान्टे मुलाको कटाई बेलुका गरिन्छ ।
चुकन्दरमा प्रति रोपनी जमिनमा ३०० ग्राम बिउ पर्याप्त हुन्छ। बिउ रोप्ने दुरि मुला र सलगममा उस्तै हुन्छ। मध्य पहाडमा र तराईमा ताजा खानलाइ अशोज- कर्तिकमा बिउ छर्न सकिन्छ।
चुकन्दरलाइ पनि मुलालाइ जस्तै मलिलो बलौटे दोमट माटोको आवश्यक्ता पर्दछ। उच्च पहाडमा साउन महिनामा बिउ छर्ने।
तस्वीरमा नख्खु रिचर्स एण्ड डेभलपमेन्ट प्रालिमा उत्पादन भएको चुकन्दर खेती।
Source: Krishi Press

Author:



क्याटोगरी छान्‍नुहोस