राजविराज ४ भदाै । सप्तरीको राजगढ गाउँपालिका–५ का वडाध्यक्ष देवेन्द्र साह ‘दुखीलाल’को निधन भएको छ।
तीन वर्षदेखि क्यान्सरपीडित साह भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचाररत थिए। गाउँपालिकाकी उपाध्यक्ष रेणुदेवी मण्डलले मंगलबार राति उनकाे निधन भएको जानकारी दिइन्।
६५ वर्षीय साह लामो समयदेखि केमोथेरापी गराउँदै आएका थिए र उपचारकै क्रममा उनको मृत्यु भएको हो। जनता समाजवादी पार्टी (जसपा) नेपालबाट वडाध्यक्षमा निर्वाचित साहका दुई छोरा र तीन छोरी रहेका छन्।