कमला तर्न झोलुङ्गे पुलमा जोखिमपूर्ण यात्रा

सिरहाको मलहनियाँ र धनुषाको जनकनन्दिनी गाउँपालिका ६, कठाल जोड्न कमला नदीमा झोलुङ्गे पुल निर्माण गरिएको हो । यो पुल कुल एक हजार ५०१ मिटर लामो र चार फिट चौडाइ रहेको छ । यो झोलुङ्गे पुल देशकै सबभन्दा लामो हो ।
सङ्घ सरकारको २८ करोड लागतमा कार्य सम्पन्न भएको थियो । पुल निर्माणले जनकपुर र सिरहा आवतजावत गर्न सहज भएको छ ।

कमला नदीमा निर्माण भएको कमला पुल सञ्चालनमा नआउँदै भत्किएपछि सर्वसाधारणलाई सास्ती झेल्नुपरेको छ । तत्काल बाँसको चचरी पुल बनाएर आवागमन सहज बनाउने प्रयास गरिए पनि नदीमा बाढी आएपछि आवागमन अवरुद्ध भएपछि एकमात्र आशाभरोसा यही झोलुङ्गे पुल बन्न पुगेको छ । पुलबाट पैदल यात्री मात्र नभई भई साइकल तथा मोटरसाइकल समेत आवतजावत हुने गरेको छ ।

दुईतर्फी मोटरसाइकल आवतजावत हुँदा ठाउँ साँगुरो रहेकोले पुलको दुरी तय गर्न एक–दुई घण्टासम्म लाग्ने गर्दछ । ग्रामिण जनजीवनलाई आवागमनमा सहज बनाउन उक्त पुल निर्माण गरिएको हो ।

झोलुङ्गे पूलको भारवहन क्षमता ५४० मेट्रिक टन (करिब ३८८६ पदयात्री) रहेकोजनाइएको छ । पुलको उद्घाटन पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ´प्रचण्ड`ले २०८० फागुन १२ गते गरेका थिए । यो पुल हेर्न तथा सुटिङ्गका लागि नेपाल तथा भारतबाट मानिसहरू आउने गर्दछन् ।

शब्द तथा तस्वीरः मधेशलाइभ डेस्क

Author:



क्याटोगरी छान्‍नुहोस