सुन्दरता र जवानी

एलिना खड्का

जवानी शरीरको चहक, अनुहारको कान्ति, आँखामा झल्किने चमक र मनको उमङ्ग हो। यो उमेरको एउटा सुन्दर तर क्षणिक काल हो – जुन आउँछ, फक्रन्छ र फेरि बिस्तारै हराउँछ। यसले मानिसलाई बाहिरी रूपले आकर्षक बनाउँछ, तर यो सधैंको लागि रहँदैन।

सुन्दरता बदलिन्छ, तर… फूल फुल्छ, झर्छ पनि जवानी आउँछ, जान्छ पनि।

प्रेमः शुद्ध, अमूर्त, अनन्त ऊर्जा प्रेम भनेको केवल अनुहार, शरीर वा स्वरूपप्रति मोह होइन। प्रेम त चेतनाको ऊर्जा हो समर्पण, करुणा, भरोसा, आत्मीयता, र आत्मबोधको न्यानो प्रकाश। जुन रूपले देखिंदैन, तर अनुभूति हुन्छ शरीरभन्दा पर, मनभन्दा गहिरो र आत्मासम्म पुग्ने शक्ति। प्रेम आत्मासँगको संवाद हो, जहाँ रूपको कुनै मोल हुँदैन। प्रेम न त समयको दास हुन्छ, न त उमेरको। जसरी सूर्यले सधै ऊर्जा दिन्छ, त्यसरी नै प्रेम पनि हाम्रो जीवनको अन्तरतम भित्रको ज्योति हो।

सुन्दरता एक कालखण्डको सौन्दर्य हो तर प्रेम, त्यो त जीवनको मूल ऊर्जा हो, जसले मन, आत्मा र अस्तित्वलाई नै उज्यालो बनाउँछ। जसले रूप खोज्छ, ऊ जवानीसँगै टुट्छ। जसले प्रेम खोज्छ, ऊ ऊर्जा बन्न जान्छ। Facebook

Author:



क्याटोगरी छान्‍नुहोस