याडियाका इलेक्ट्रिक स्कुटर अब राजविराजमा, एकपटक चार्ज गर्दा १४० किलोमिटरसम्म चल्ने 

राजविराज–याडिया ब्राण्डका इलेक्ट्रिक स्कुटर अब राजविराजमै पाइने भएको छ । खान इन्टरनेशनल प्रालिले गजेन्द्र चोकको पूर्वतर्फ याडिया ब्राण्डका इलेक्ट्रिक स्कुटरको शोरुम सञ्चालनमा ल्याएको हो ।

भरपर्दो, स्टाइलिस, वातावरणमैत्री, मोबाइल एप कनेक्टिभिटी र जीपिएस समेत जडान गरिएको याडिया ब्राण्डका इलेक्ट्रिक स्कुटर ६० भन्दा बढी देशका ग्राहकको रोजाइ बनेको सञ्चालक आनस खानले जानकारी दिए ।

उनकाअनुसार स्कुटरमा ग्राहकले फास्ट चार्जिङ, हाई पर्फर्मेन्स वा बजेटमैत्री विकल्पहरू छनोट गर्न सक्नेछन् ।

उनले छिटो चार्ज गर्नसकिने क्षमता रहेको स्कुटर १४० किमी सम्मको रेञ्ज दिने बताए । स्कुटरमा डबल डिस्क ब्रेक, कलर एलइडी डिस्प्ले, रिजेनेरेशन सिस्टम, फास्ट चार्जिङ सपोर्ट लगायत फिचर रहेको छ ।

स्कुटर अहिले बडादशैंको विशेष अफरमा ९४ हजारदेखि २ लाख ४५ हजार मूल्यसम्ममा उपलब्ध गराइरहेको सञ्चालक खानले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस