मधेशमा सत्ता परिवर्तनको तयारी, जितेन्द्र सोनल अगुवाइमा नयाँ गठबन्धनको दाबी

जनकपुरधाम । मधेश प्रदेशमा नयाँ राजनीतिक समीकरण बनेसँगै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जितेन्द्र सोनलले मुख्यमन्त्रीका रूपमा सरकार गठनको दाबी पेश गरेका छन्।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८(२) अनुसार आज दिउँसो ४ बजेसम्म बहुमतका आधारमा सरकार गठनका लागि दाबी पेस गर्न आह्वान अनुसार सोनलले ५६ जना प्रदेशसभा सदस्यको समर्थनसहित सरकार गठनको दाबी दर्ता गराएका हुन्। उनको दाबीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका १९, जनमत पार्टीका १३, नेकपा (माओवादी केन्द्र) का ९, लोसपाका ८ र नेकपा (एकीकृत समाजवादी) का ७ जना प्रदेशसभा सदस्यको समर्थन रहेको उल्लेख गरिएको छ।

दाबीपत्रमा जसपा नेपालका संसदीय दलका नेता सरोजकुमार यादव, जनमत पार्टीका महेश यादव, माओवादी केन्द्रका युवराज भट्टराई, लोसपाका जयनुल राइन र नेकपा (एस) का गोविन्द बहादुर न्यौपानेको हस्ताक्षर रहेको छ ।

मुख्यमन्त्री सतिश कुमार सिंहले हालै पदबाट राजीनामा दिएपछि प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया तीव्र बनेको हो। राजनीतिक वृत्तमा सोनल नेतृत्वको सरकार गठन हुने सम्भावना प्रबल देखिएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस