जसपा नेपालको प्रदेश अध्यक्षसहित तीन पदाधिकारी निर्विरोध

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेश प्रदेश समितिको अध्यक्ष, मुख्यसचिव र कोषाध्यक्ष पदका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।

बिहीबार सम्पन्न मनोनयन दर्ता प्रक्रियामा अध्यक्ष पदका लागि यादवकै मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । यसैगरी मुख्यसचिवमा ज्ञानेन्द्र कुमार यादव र कोषाध्यक्षमा विष्णु प्रसाद साह निर्विरोध निर्वाचित भएका छन् । उक्त पदहरुमा प्रतिस्पर्धीको उम्मेदवारी नपरेपछि तीनै जना पदाधिकारी निर्विरोध चुनिएका छन् ।

अध्यक्ष पदका दाबेदार योगेन्द्र राय यादवले सर्लाही जिल्लाको प्रतिनिधि छनोट र प्रदेशस्तरबाट मनोनयन गरिने पाँच प्रतिशत प्रतिनिधिमा धाँधली भएको आरोप लगाउँदै विरोध जनाएका थिए । उनी सहितका उनका पक्षधरहरुले निर्वाचन प्रक्रिया बहिष्कार गरेपछि बालकिशोर पक्षका उम्मेदवारहरू निर्विरोध चुनिएका छन् । निर्वाचन मण्डलले निर्वाचित तीनै जनालाई प्रमाणपत्र समेत प्रदान गरेका छन् ।

तीन उपाध्यक्षका लागि सात जना, तीन सचिवका लागि चार जना र ४२ सदस्यका लागि ७२ जना चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस