प्रतिनिधि सभा विघटन विरुद्ध दायर रिटकाे सुनुवाइ आज

काठमाडौँ । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर १६ वटा रिट निवेदनमाथि आज सुनुवाइ हुँदैछ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति र संसद् विघटन बदर गर्दै पुनःस्थापना गर्न माग गरिएको रिटहरूमाथि प्रारम्भिक सुनुवाइ आज हुनेछ।

रिट निवेदकहरूले प्रधानमन्त्रीको निर्णय असंवैधानिक रहेको दाबी गर्दै संसद् पुनःस्थापना र संवैधानिक व्याख्या माग गरेका छन्। उक्त मुद्दामा आज प्रधान न्यायाधीशको एकल इजलासमा प्रारम्भिक सुनुवाइ हुने बताइएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस