गण्डकी । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ।
आज दिउँसो पक्राउ परेका प्रसाईंलाई काठमाडौं पठाउने तयारी भइरहेको कास्की जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले जानकारी दिएका छन् ।
प्रहरीका अनुसार प्रसाईंमाथि लागेको मुद्दा काठमाडौंमै रहेकाले अनुसन्धानका लागि त्यहीँ पठाइँदै छ। यसअघि निर्वाचन आयोगले प्रसाईंमाथि कारबाहीको माग गर्दै प्रहरीको साइबर ब्युरोमा पत्राचार गरेको थियो।
केही दिनअघि प्रसाईंले नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षले आयोगलाई ५२ करोड रुपैयाँ दिएको आरोपसहितको भिडियो सार्वजनिक गरेका थिए। सोही विषयलाई लिएर आयोगले प्रसाईंलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको हो।