राजविराज । जनता समाजवादी नेपालका नेता एवम् सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार उमेश कुमार यादवले जस्तोसुकै सङ्घर्ष गरेर भए पनि रामराजासिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण तथा सञ्चालन गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
राजबिराज वडा नम्बर–१० बिरौलमा बुधबार आयोजित चुनावी घरदैलोको उद्घाटन गर्दै उनले आफूलाई चुनाव जितेमा प्रतिष्ठान पहिलो प्राथमिकता हुने बताए । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले अगाडि बढाएका योजनाहरुलाई पूर्ण दिने प्रतिवद्धता व्यक्त गर्दै उनले भने ‘काठमाडौबाट मेरो लास आउँछ वा प्रतिष्ठान सञ्चालनको शुभ समाचार आउनेछ ।’
विगतमा चुनाव जितेर सिंचाई मन्त्रीको जिम्मेवारी पाउँदा सिंचाई, नदी नियन्त्रण, शिक्षा, स्वास्थ्य र यातायातको क्षेत्रमा आफुले महत्वपूर्ण कामहरु गरेको चर्चा गर्दै आगामी दिनमा थप सशक्त रुपमा जनताको सेवक भएर काम गर्ने उनले प्रतिवद्धता व्यक्त गरे । जीत पश्चात टोल–टोलमा जनपरिषद गठन गरि आफ्नो निर्वाचन क्षेत्र तथा जिल्लाको समग्र विकासमा सक्रिय भुमिका निर्वाह गर्ने उनले बताए ।
निर्वाचन क्षेत्र भित्रका प्रत्येक घरधुरीका प्रत्येक नागरिकहरुलाई सहभागिता हुने गरि जनपरिषदहरु गठन गर्ने, जनपरिषदको नियमित बैठक बसाइने, जनपरिषदहरुले स्थानीय मुद्दा देखि राष्ट्रिय एबम अन्तर्राष्ट्रिय राजनीतिक, आर्थिक, पलायनता, बेरोजगारी, विभेद, पर्यावरण, कृषि लगायतका मुद्दामा छलफल गरेर निष्कर्षमा पु¥याइने उनले जनता समक्ष बाचा गरे । जनपरिषदहरुले आफ्नो क्षेत्रका जनप्रतिनिधिहरुलाई निगरानीमा राख्नुका साथै सुझाव, सल्लाह र निर्देशन दिने जसपा नेपालका उम्मेदवार यादवले बताए ।
कार्यक्रममा पार्टीका केन्द्रिय सदस्यहरु भीमराज यादव, रमिला साह,लक्ष्म०ा यादवलगायतले सम्बोधन गरे ।