सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि मातृका यादवको सांसद पद कायम

काठमाडौँ । सर्वोच्च अदालतले धनुषा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा का उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय रोक्न अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

सर्वोच्चको अस्वीकारोक्तिसँगै विजेता घोषित भएका मातृका प्रसाद यादवको सांसद पद कायम भएको हो । न्यायाधीश विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले साहको मागअनुसार अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । आफ्नो उम्मेदवारी कायम रहनुपर्ने माग गर्दै सर्वोच्च अदालत पुगेका थिए ।

निर्वाचन आयोगले बैंक तथा वित्तीय दायित्व पूरा नगरेको भन्दै कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेको आधारमा फागुन १८ गते साहको उम्मेदवारी खारेज गरेको थियो । साहको स्वामित्वमा रहेको निर्माण कम्पनी कालोसूचीमा परेको भन्दै आयोगले यस्तो निर्णय गरेको गरेको थियो ।

आयोगले गरेको उक्त निर्णयप्रति असहमति जनाउँदै उम्मेदवार साहले फागुन १९ गते सर्वोच्चमा रिट दायर गरेका थिए । नेपाल राष्ट्र बैंक र कर्जा सूचना केन्द्रले गरेको कालोसूचीसम्बन्धी निर्णय कार्यान्वयन नगर्न माग गर्दै अर्को रिट समेत दायर गरेका थिए । उम्मेदवारी खारेजसम्बन्धी मुद्दामा अन्तरिम आदेश नदिने निर्णय गरेपछि आयोगको निर्णय यथावत् रहने भएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस